
एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।
भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नेपालको घातक बलिङसामु भुटानी टोली निरिह बन्यो ।
रुबिना र सीताको उत्कृष्ट साझेदारी
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुरुवात निकै खराब रहेको थियो । नेपालले ६७ रन जोड्दा ७ विकेट गुमाइसकेको अवस्था थियो ।
त्यसपछि अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । सीताले २८ बलमा ३७ रन बनाइन् भने रुबिनाले २१ बलमा २४ रनको योगदान दिइन् ।
रुबिनाको घातक बलिङ
बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै १५ रन खर्चेर ३ विकेट लिइन् । यस्तै कविता जोशीले ११ रन खर्चेर २ विकेट हात पारिन् ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।








प्रतिक्रिया