एक हातले मोटरसाइकल चलाउँदै भिडियो बनाउने हर्कलाई ५ सय रुपैयाँ जरिवाना

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाहीमा परेका छन्।

Advertisement

लापरवाहीसाथ सवारी चलाएको कसूरमा उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको गुनासो आएपछि उनलाई कारबाही गरिएको प्रहरीको भनाई छ। एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिच्दै गरेका साम्पाङ केही दिन अघि दुर्घटनामा समेत परेका थिए।

Advertisement

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ को ‘ङ’ १८ बमोजिम लापरवाहीपूर्ण तरिकाले सवारी चलाएकाले उनलाई यो कारबाही गरिएको हो। उक्त ऐन अनुसार यो कसूर पहिलो पटक गर्नेलाई ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ।

यस्तै दोस्रो पटक सोही कसूर दोहोर्‍याए १ हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक कसूर गरेमा १ हजार ५ सय रुपैयाँ जरिवाना हुने कानूनी प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री