
विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालको हिरासत म्याद आठौँ पटक थप गरेको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप तीन/तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पनि बिमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।








प्रतिक्रिया