पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्स नयाँ शाखा
समयपोष्ट
२०७४ फागुन २१ गते ७:४४
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरे ।
हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया