डिशहोमले ल्याउँदैछ नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकलाई २५% सम्म छुट
डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रमा ग्राहक अनुभवलाई नयाँ उचाइ दिने उद्देश्यका साथ आफ्नो ग्राहक सेवा एप “माइ डिशहोम एप” मार्फत “भर्चुअल प्रिभिलेज कार्ड” नामक विशेष सेवा चाँडै सुरु गर्दैछ। यो सुविधा नेपालको इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो, जसले ग्राहकको दैनिक जीवनशैलीमा कनेक्टिभिटीका साथै थप आर्थिक लाभ प्रदान गर्ने लक्ष्य राख्छ।
डिशहोमको यो भर्चुअल प्रिभिलेज कार्ड पूर्ण रूपमा डिजिटल कार्ड हो, जुन सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ। यस कार्डमार्फत ग्राहकहरूले विभिन्न साझेदार सेवाहरूमा २५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यो छुट होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, र अटोमोबाइल शोरूमजस्ता विविध क्षेत्रमा लागू हुनेछ।
“डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने। “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी हाम्रा ग्राहकहरूलाई थप सुविधायुक्त डिजिटल जीवनशैली इकोसिस्टम प्रदान गर्न प्रतिबद्ध छौँ।”
यो कार्ड केवल सक्रिय सदस्यता भएका ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध हुनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा सुरु भएपछि ग्राहकहरूले माइ डिशहोम एपमा डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
डिशहोमले नेपालको डिजिटल सेवा क्षेत्रमा नवीनताको नेतृत्व गर्दै आएको छ। यो नयाँ पहलले कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ गर्दै नेपालको डिजिटल जीवनशैली परिवर्तनको यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ग्राहकहरूलाई यो सुविधालाई पूर्ण रूपमा उपयोग गर्न प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न डिशहोमले आग्रह गरेको छ।
प्रतिक्रिया