शनिबार, ३ जेठ २०८२

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

समयपोष्ट २०८१ चैत ९ गते १७:५७

Advertisement

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच मिति २०८१ चैत्र ७ गते उक्त क्यालेन्डर अनावरण गरिएको हो ।

क्यालेन्डर सार्वजनिक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डरको अनावरण गर्नुभएको थियो ।

सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि र तारिख समावेश गरिएको छ । यो क्यालेन्डरले ग्राहक तथा सरोकारवालाहरूलाई उपयोगी जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक, बीमा अभिकर्ता, संचालक, कर्मचारी, शेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल लाइफलाई देशकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।

आगामी दिनमा कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गरी ग्राहक सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउने योजना रहेको पराजुलीले बताउनुभयो । साथै, समय सुहाँउदो योजना र सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री