गार्डियन माइक्रो लाइफको खुद नाफामा उल्लेख्य वृद्धि
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ७ लाख १ हजार रुपैयाँको तुलनामा ३,८१२.८४ प्रतिशतले बढी हो।
कम्पनीको आम्दानीमा भएको वृद्धिले खुद नाफा उल्लेख्य रूपमा बढ्न सहयोग गरेको छ। समीक्षा अवधिमा कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेको छ भने कुल आम्दानी ३७०.६६ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सोही अवधिमा कुल दाबी भुक्तानी १,२११.१३ प्रतिशत र कुल खर्च ३२५.५७ प्रतिशतले बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा रहेको छ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित रहेको छ।
प्रतिक्रिया