बुधबार, ५ कार्तिक २०८२

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०८१ चैत ११ गते ११:३६

Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सव चैत ९ गते भव्य रूपमा मनाएको छ।

साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एकीकरण भई २०७९ चैत्र ९ गते स्थापना भएको यस कम्पनीले यो विशेष दिनलाई विशेष तरिकाले सम्पन्न गरेको हो।

आठौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना संचालक समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी, ग्राहक, नियमनकारी निकाय र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। साथै, उनीहरूको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरी समग्र बीमा क्षेत्रलाई थप सुदृढ बनाउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी एकीकरण भएर बनेको सानिमा रिलायन्स लाइफले ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्दै आएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री