रसुवामा बाढी : व्यापारिक नाकामा गम्भीर क्षति, संयमित रहन नाडाको अपील

रसुवा जिल्लामा हालै आएको भीषण बाढी र पहिरोले स्थानीय जनजीवन र मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ र रसुवागढी—मा गम्भीर असर पारेको छ। यो प्राकृतिक प्रकोपले भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरूलाई बगाएर अटोमोबाइल आयात प्रणालीमा ठूलो धक्का पुर्याएको छ। प्रारम्भिक अनुमानअनुसार लाखौंको क्षति भएको छ, र प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पीडित परिवार र व्यवसायीहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। “आफ्नो घर, व्यवसाय र जीविकोपार्जन गुमाउनुपरेको पीडा अकल्पनीय छ,” नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एशोसिएशनले विगतमा पनि संकटको समयमा आफ्ना सदस्यहरूलाई सहयोग गर्दै आएको र यसपटक पनि पीडितहरूको पुनःस्थापनामा ऐक्यबद्धता जनाएको छ।
नाडाले प्रभावितहरूलाई तत्काल सहयोगको लागि सम्पर्क गर्न अनुरोध गरेको छ। “हामी यो संकटमा एकजुट भएर सहयोग र करुणाका साथ अघि बढ्न अपील गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
 



























 
	
प्रतिक्रिया