शनिबार, २८ असार २०८२

महाकाली नदीको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

समयपोष्ट २०८२ असार २७ गते १९:२४


भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका सिल्ट सरसफाइका लागि खोलिने भएपछि महाकाली नदीको जलसतह बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको नेपाल बाढी सूचना केन्द्रले शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिएको छ।

Advertisement

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, “महाकाली नदीको तल्लो तटीय क्षेत्रमा रहनुहुने सबैलाई शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।”

नदीको जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री