आइतबार, ४ जेठ २०८२

सूर्यज्योति केयर्स डिजिटल कार्डको सुरुवात

समयपोष्ट २०८१ चैत २५ गते २१:१९


सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत,प्रकाश बिक्रम खत्रीले SuryaJyoti Cares डिजिटल कार्ड र e कर्जाका फाईदाहरु,यसका मापदण्ड र सेवा लिने विधिका बारेमा वृस्तित जानकारी दिनुका साथै कम्पनीले सदैव नविनतम प्रविधिमा जोड दिदै सेवाहरुमा परिमार्जित र परिस्कृत गर्दै लैजाने कुरामा जोड दिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खत्रीले दाबी भुक्तानी लाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन। कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्राहकको हित र सेवाका लागि सधै समर्पित भएर अगाडी बढेको बताएका हुन।

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्थापना काल देखिनै विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गरि आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहको छ । साथै कम्पनीद्वारा बीमितहरुलाई अझ थप सरल तथा सहज किसिमले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जा सम्बन्धि नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिनसकिने ए कर्जा प्रस्तुत गरेकोछ । जीवन बीमा कम्पनीहरुबाट जारी हुने बीमालेखको शर्त तथा सुविधा अनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमाशुल्क प्राप्त भए भए पश्चात बीमालेख अन्तर्गत कर्जा रकम दिइने प्रावधान रहेको छ । ३ वर्ष पश्चात बीमालेखमा जम्मा हुने नगद मुल्य रकम बाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशत सम्म कर्जा लिन सकिने प्रावधान रहेकोछ ।

कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरुमा विद्ममान रहेको प्रकृया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारमहरु भरि आवश्यक कागजात सहित कर्जाको लागि आवेदन दिनु पर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिन भित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ । यस प्रविधि अनुसार अब बीमितहरुलाई आफ्नो बीमालेख वापत कर्जा लिन चाहेमा अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि अवेदन दिन सकिने र एक क्लीकमा रियल टाइममा नै आफ्नो KHALTI वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने छ प्राबधान रहेको छ। यस अनलाइन प्रर्कया मार्फत हाललाई कर्जा रकम अधिकतम रु ५०,०००/- सम्म मात्र प्राप्त गर्न सकिने छ।
उक्त अवसरमा कम्पनीले को पनि सूर्यज्योति केयर्स Digital Card को पनि सुरुवात गरेको हो जस अनुसार कम्पनीले सूर्यज्योति केयर्स Digital Card मार्फत आफ्ना बीमित तथा अभिकर्ताहरुलाई सुविधा दिने उद्देश्य राखी एक नविन सेवाको सुरुवात गरेको हो। यस सुविधा अन्तर्गत कम्पनीले तोकेका केहि मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरुलाई सूर्यज्योति मोबाइल एप मार्फत सूर्यज्योति केयर्स Digital Card प्रदान गरिने छ र सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाहरुबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ।यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरु जस्तै अस्पतालहरु, स्वास्थ्य परीक्षण प्रयोगशालाहरु,होटलहरु, शैक्षिक संस्थाहरु, डिपार्टमेन्ट स्टोर लगाएत थुप्रै सेवा प्रदायक संस्थाहरु सँग सम्झौता गरिएको छ । सूर्यज्योति केयर्स Digital Card अन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्द पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर भएको हुनु पर्दछ । सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरुको नाम र सो संस्थाहरुबाट पाइने सहुलियत तथा छुट बारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक, सुशील देव सुबेदीले “उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने जुन यात्राको थालनी सूर्यज्योति लाइफले गरेको छ। यो अत्यन्तै प्रशंसनीय, कदरयोग्य छ। यो कम्पनीको मिसन सफल होस, आगामी दिनमा पनि यस्तै राम्रा राम्रा गतिविधी गर्न सक्नुहोस, नवप्रवर्द्धन र नवीनतम चिजको आविष्कार विस्तार विकासमा बीमा प्राधिकरण सदैव साथमा उभिएको छ र यस्ता विषयहरुमा बीमा प्राधिकरणले आफ्नो अभिभाकत्व निर्वाह गर्नेछ भन्ने भनाई उक्त कार्यक्रममा व्यक्त गरे।

बीमा प्राधिकरणकाअध्यक्ष, शरद ओझाले आफ्नो अमूल्य मत व्यक्त गर्दै सूर्यज्योति लाइफले आज शुभारम्भ गरेको यस डिजिटल सर्भिसअन्तर्गत पस्केका दुईवटा सेवाहरु एकदमै प्रशंसनीय र आम बीमितहरुका लागि अत्यन्तै महत्वपुर्ण रहेको बताए। संसारका कयौं देशले विगतबाटै नै गरिरहेको अभ्यासलाई सूर्यज्योतिले नेपालको बीमा बजारमा अबलम्वन गरेको छ, इन्स्योरेन्स प्रडक्टलाई लिक्वीड बनाउने गरी आकर्षक फिङगर टिपबाट लोन लिने मेकानिज्म जो सुरु गरेको छ यो धेरै राम्रो हो। साथै यसले बीमितलाई आफूले बीमा गर्दाखेरी भोलिका दिनमा मलाई कुनै बेला इन्स्ट्याण्ट निड भयो भने बीमा कम्पनीसम्म नपुगे पनि हुने रहेछ भन्ने एउटा सन्देश दिन्छ भन्ने राय अध्यक्ष ओझाले व्यक्त गरे।
सूर्यज्योति लाइफका अध्यक्ष,केशब प्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए।हामि अग्रणी हुन चाहान्छौं जीवन बीमा क्षेत्रमा नयाँ नयाँ प्रबिधिमैत्री सेवाहरु ल्याउदैजाने र परिमार्जित र परिस्कृत ढंगले अघि बढ्दै जाने भन्दै कार्यक्रममा उपस्थित कम्पनीका कर्मचारी,संचालक,अभिकर्ता,साझेदार संस्था, नियमनकारी निकायका पदाधिकारीहरु,संचारकर्मी लगाएत सम्पूर्णलाई धन्यबाद दिदै कृतज्ञता व्यक्त गरे।

Advertisement

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु.५०१ करोड, कुल लगानी रु. ४,३६० करोड, जीवन बीमा कोष रु.३८०३ करोड, जारी बीमालेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० र देश भर रहेका १७४ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ। बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015 प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न पनि सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री