बिहीबार, १३ वैशाख २०८१

दुई कम्पनीको सेयर मूल्य समायोजन

समयपोष्ट २०७८ पुष ५ गते ११:३८

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

सोमबार नेप्सेले हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ८ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि एचआईडीसीएलको मूल्य २४८ रूपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रूपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । गत विहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रूपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रूपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री