आईएमई लाइफ इन्स्योरेन्सको रेटिङ स्तरोन्नति, वित्तीय अवस्था बलियो

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इश्युअर रेटिङमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ नेपालले कम्पनीको मूल्याङ्कनलाई केयर एनपी त्रिपल बी प्लसबाट स्तरोन्नति गर्दै केयर एनपी त्रिपल ए माइनस प्रदान गरेको हो ।

यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन र सुधारोन्मुख व्यावसायिक कार्यसम्पादनको प्रमाणका रूपमा लिइएको छ । केयर एनपी त्रिपल ए माइनस मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ ।

सरोकारवालाको विश्वास र उत्कृष्ट सेवाको प्रतिफल

Advertisement

कम्पनी व्यवस्थापनले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गरेको छ । आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नाराका साथ स्थापना भएको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो । कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध बीमा योजनाहरू प्रदान गर्दै आएको छ ।

देशव्यापी सञ्जाल र सामाजिक उत्तरदायित्व

देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौँ अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँचलाई विभिन्न समुदायसम्म पुर्‍याएको छ । ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग र नवीनतम बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ ।

व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । केयर एनपी त्रिपल ए माइनस मूल्याङ्कन प्राप्त गरेसँगै कम्पनीले आगामी दिनमा बीमा क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री