शुक्रबार, ७ वैशाख २०८१

बैंक आफ काठमाण्डुले कमायो ३८ करोड ३७ लाख नाफा

समयपोष्ट २०७६ कार्तिक २९ गते १३:११

Advertisement

बैंक आफ काठमाण्डुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख २५ हजार नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ०.८ प्रतिशतले घटेकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३८ करोड ६८ लाख २३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड ७६ लाख २१ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.७ प्रतिशतले वृद्धि गर्दै ८५ अर्ब ७७ करोड ७७ लाख ८६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी २.८५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ४८ करोड ६२ लाख ६७ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ४७ करोड ८४ लाख ६५ हजार कर्जा लगानी गरेको थियो ।

८ अर्ब ६ करोड ३१ लाख १ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ४४ करोड ७३ लाख ७ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले ९७ करोड ७३ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ११.३२ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८७ करोड ७९ लाख ०८ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७५.५९ प्रतिशत, पुँजीकोष अनुपात १४.२९ प्रतिशत, खराब १.७३ प्रतिशत, आधार ब्याजदर १०.०२ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री