
सन्राइज बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैंया आर्थिक सहयोग गरेको हो ।
आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गर्नु भएको थियो ।
बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्घेश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताउनु भयो ।
जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताउनु भयो ।










प्रतिक्रिया