शनिबार, ५ जेठ २०८१

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

समयपोष्ट २०७७ असोज २१ गते १३:३३

Advertisement

प्रभु बैंक लि. ले कास्कीस्थित गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कलेज परिसरमा बुधबार बिहान कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरे ।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

Advertisement

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री