शनिबार, ५ जेठ २०८१

बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

समयपोष्ट २०७७ असोज १५ गते २१:२२

Advertisement

प्रभु बैंकले बागलङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई पाँच लाख सहयोग गरेको छ ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को निरिक्षणपछि बैंकका सिइओ अशोक शेरचनले नगरपालिकालाई वाढी पीडित उद्वार कोषमा रहने गरि पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरु¨ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरिक्षण भएको छ ।

Advertisement

सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रिय विद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिएका छन् ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री