शुक्रबार, १४ वैशाख २०८१

कुमारी बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०७९ असोज १४ गते १५:१८

Advertisement

कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

बैंकले साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। पोहोर बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ।

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री