बिहीबार, १३ वैशाख २०८१

बारम्वार पिसाव लाग्ने समस्या समाधानका घरेलु उपाए

समयपोष्ट २०७३ असोज ११ गते ७:५४

पानी कम पिएर पनि कसैकसैलाई बारम्वार पिसाव लागि रहनेहुनसक्छ । यसका थुप्रै कारणहरु हुनसक्छन् । तर केही खानेकुराहरुलाई दैनिक आहारमा समावेश गराउँदा यो समस्याबाट मुक्ति मिल्न सक्छ।

Advertisement

तुलसी

दुई चम्चा तुलसीको पातको रस र एक चम्चा मह खाली पेटमा खाने गर्दा बारम्बार पिसाव लागिरहने समस्या कम हुन्छ । 

दही 

यसले शरीरमा पोषण प्रदान गर्दछ र पिसावको इन्फेक्सनबाट पनि बचाउँछ । खानामा हरेक दिन एक कचौरा दही लिने गर्दा फाइदा हुन्छ ।

अनारको बोक्रा
अनारको बोक्रालाई पिनेर धुलो बनाउने । त्यसलाई हरेक दिन दुई चम्चा पानीसंगै खाने गर्दा पिसाव लागिरहने समस्याबाट राहत मिल्छ ।

फर्सिको वियाँ
फर्सिको गेडा हरेक दिन विहान र बेलुका खाने गर्नुहोस । यसले  मुत्र थैलीलाई स्वस्थ राख्न मद्त गर्दछ र पिसाव लागिरहने समस्यालाई हटाइदिन्छ । 

जामुन
जामुनको वियाँ पनि स्वास्थ्यको लागि लाभदायक मानिन्छ । जामुनको वियाँलाई पिसेर धुलो बनाउने अनि हरेक दिन पानीसंगै एक चम्चा धुलो खाने गर्दा फाइदा गर्छ ।

मेथी
मेथीमो पोटासियम ,डायटरी फाइवर, मिनिरल्स हुने गर्दछ।मेथीको नियमीत सेवनले  किड्नी र पिसाव नलीलाई स्वस्थ राख्छ र पिसावको समस्याबाट राहत मिल्छ । 

पालुंगो 
पालुंगोमा आइरन र पोषण तत्वको मात्रा बढी हुन्छ । हरेक साँझ खानामा पालुंगोको प्रयोग गर्दा राति पिसाव लाग्ने समस्याबाट छुट्कारा मिल्छ ।

अमलाको रस 

आधा गिलास अमलाको रसमा एक चम्चा मह र एक चिम्टी बेसार मिसाएर पिउदा बारम्वार  पिसाव लाग्ने समस्या हट्छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री