
प्रतिनिधिसभा बैठकभित्र सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच तीव्र घम्साघम्सी र हातहालाहाल भएको छ।
संसद् बैठकमा तनाव सिर्जना भई नाराबाजी चलिरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले बैठकलाई निरन्तरता दिएका थिए।
प्रतिपक्षी सांसदहरूले प्रक्रिया पूरा नगरिकन प्रस्तावहरू अघि बढाइएको भन्दै वेल घेरेर नाराबाजी सुरु गरेका थिए।
त्यस क्रममा केहीबेर मर्यादापालक र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो।
मर्यादापालकसँगको धकेलाधकेलपछि स्थिति थप तनावपूर्ण बन्दै जाँदा सत्तापक्षका सांसदहरू नै प्रतिपक्षको प्रतिवादमा उत्रिएका थिए।
त्यसपछि दुवै पक्षका सांसदहरूबीच हातहालाहाल हुनुका साथै केही सांसदहरू टेबुल र कुर्सीमा समेत चढेका थिए।
संसद्भित्र यसरी अत्यधिक तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।








प्रतिक्रिया