नेपालमै पहिलो पटक नबिल बैंकले सुरु गर्यो फोनबाट लोन लिने सुविधा

नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ ।

Advertisement

बैंकले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने सुविधा सुरु गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने बताए ।

उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

कसरी पाइन्छ ऋण ?

Advertisement

बैंकका अनुसार यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले F1 Soft इंटरनेशनल प्रा. लि.को सहकार्यमा ल्याएको हो । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराईने बैंकले जनाएको छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ ।

फोन लोनका विशेषताहरु

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

इन्ँस्ट्यान्ड लोन

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।

बिना धितो ऋण

ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने

सुक्ष्म ऋण

यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने

प्रतिक्रिया

सम्बन्धित सामाग्री