शुक्रबार, १४ वैशाख २०८१

स्वास्थ्य मन्त्री बनेलगत्तै गगन थापाले गरे युवाहरुकै लागि लोकप्रिय कामको सुरुवात

समयपोष्ट २०७३ भदौ १० गते १२:५४

स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग जोडिएकको निकै महत्वपूर्ण काम अघि बढाउने निर्णय गरेका छन् । बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा  विशेषज्ञ समिति गठन भएको छ । गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेका छन् । सोही विषयमा स्वास्थ्य मन्त्रालयमा समेत पटक–पटक उजुरी पर्ने गरेको छ ।
यही विषयलाई लक्ष्य गर्दै  गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ । गलत रिपार्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछ ।
समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् । मेकिडकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण भरपर्दो विश्वसनीय बनाउन यो निर्णय गरिएको मन्त्री थापा बताए । उनले आफू असफल भए सिंगो पुस्ताप्रतिकै विश्वास गुम्ने बताए।  उनले भने, ‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नुहुन्न ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री