
नेपालको अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यो अनलाइन मेला साउन २२ गते सोमबार बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ।
अभियान अवधिभर ग्राहकले विभिन्न क्याटेगोरीका सामग्री खरिद गर्दा ७५ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ। यसका साथै निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरका सपिङ भौचरहरू समेत उपलब्ध गराइने छ।
दराजका लोकप्रिय साझेदार ब्रान्डहरूले यस मेलामा विशेष अफरहरू सार्वजनिक गरेका छन्। प्लाटिनम ब्रान्ड पार्टनर अन्तर्गतका उत्पादनमा ५० प्रतिशत र गोल्ड ब्रान्ड पार्टनरका सामग्रीमा ६० प्रतिशतसम्म छुट मिल्नेछ।
त्यसैगरी सिल्भर ब्रान्ड पार्टनरका छानिएका उत्पादनहरू ग्राहकले ८० प्रतिशतसम्मको विशेष छुटमा खरिद गर्न सक्नेछन्। सोमबार बेलुकी ८ बजेदेखि मंगलबार बिहान २ बजेसम्म सञ्चालन हुने ब्रान्ड रश आवरमा १०० भन्दा बढी ब्रान्डमा ७५ प्रतिशतसम्म छुट दिइने छ।
ग्राहकको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराजले ईसेवासँग विशेष व्यावसायिक सहकार्य गरेको छ। ईसेवामार्फत पैसा तिर्दा रश आवरमा १२ प्रतिशत र नियमित अवधिमा १० प्रतिशतसम्म छुट पाइने छ।
मेगा गिभअवे अन्तर्गत न्यूनतम ५ हजार रुपैयाँको किनमेल गर्ने ग्राहकले लक्की ड्रमार्फत ३ थान स्मार्टफोन जित्न सक्नेछन्। त्यसैगरी कम्तीमा एक पटक सामान किन्ने ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनेछन् र विजेताको घोषणा टिकटक लाइभमार्फत गरिने जनाईएको छ ।










प्रतिक्रिया