मन्त्रिपरिषद्को निर्णय: नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा, गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले प्रहरी प्रशासनमा व्यापक हेरफेर गर्दै एकैपटक ८ एआईजीको सरुवा गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै यो जानकारी दिए। यो बैठकले प्रहरी सरुवासँगै अन्य विभिन्न महत्त्वपूर्ण निकायहरूमा नियुक्ति र नियमावलीहरू समेत स्वीकृत गरेको छ।

विभिन्न निकायमा नियुक्ति र नियमावली स्वीकृत

Advertisement

मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गाना नियुक्त भएका छन्।

बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा दशौँ संशोधन नियमावली, २०८३ लाई स्वीकृत गरेको छ। यसका साथै राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई पनि सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।

विधेयकहरू संसदमा पेस गरिने

सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, ‘एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सन’ लाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री