एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

Advertisement

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट बिहीबार यो म्याद थप गरिएको हो।

सुर्खेतबाट गत जेठ ८ गते पक्राउ गरिएका पौडेललाई यसअघि जेठ ९ गते ७ दिन र जेठ १५ गते ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको थियो।

अनुसन्धानकै बीच पौडेलकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने अझै विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री