शुक्रबार, १६ चैत २०८०

थप ३११४ जनालाई कोरोना पुष्टि, उपत्यकामा बढे संक्रमित

समयपोष्ट २०७८ साउन ९ गते १६:५७

Advertisement

पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जनालाई संक्रमण पुष्टि भएको छ ।

आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६१५ जना छन् । काठमाडौंमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर र ४२ सय ८५ एन्टीजेन गरि १४ हजार ९१० जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ७५७ जना छन् जसमध्ये अहिले ६५० जना आइसियु र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

सोही अवधिमा २१९७ जना निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री