रोकिएन सेयर बजारको गिरावट

पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २४ दशमलव ६३ अंकले घटेर २ हजार ६ सय ८ दशमलव ३३ विन्दुमा झरेको छ ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०४ अंक, फ्लोट इण्डेक्स १ दशमलव ५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १० अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ ।

Advertisement

सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३ सय ६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता सेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार ३ सय ६५ कम्पनीका सेयर ७९ हजार २ सय ८६ पटक कारोबार भएका थिए ।

मंगलबारको बजारमा स्नो रिभर्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ५९ रुपैयाँ २० पैसाले बढेर ४ सय ५४ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ११ प्रतिशतले बढेको छ । यता टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक १४ दशमलव ०३ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सिद्धार्थ बैंक अग्रस्थानमा रहन सफल भएको छ । बैंकको १३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

टक्सार पिखुवा खोला हाइड्रोपावरको साढे ११ करोड रुपैयाँ र याम्बालिङ्ग हाइड्रोपावरको करिब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ७४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री