एन्फामाथिको फिफा निलम्बन फुकुवाका लागि पहल गर्न सरकारसँग माग

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउन तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली खेलाडीहरूको भविष्य जोगाउन सरकारले फिफाका सर्तहरू पूरा गरी निलम्बन फुकुवा गराउनुपर्ने बताए ।

यसका लागि कूटनीतिक, कानूनी र प्रशासनिक पहल तत्काल अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सांसद राईले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले उठाएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय समाधान गर्न आग्रह गरे ।

राजनीतिक र प्रशासनिक हस्तक्षेप अन्त्य गर्न आग्रह

Advertisement

खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समस्या निम्त्याउने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरिनुपर्ने उनले बताए । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानून अनुसार एन्फालाई निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

विद्यमान खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानूनी अस्पष्टताहरू तत्काल हटाउन आवश्यक रहेको उनले उल्लेख गरे । राष्ट्रिय टोली र क्लबका खेलाडीहरूको भविष्य अन्योलमा पर्न नदिन सरकारले जिम्मेवार भएर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री