मेसीको अर्को कीर्तिमान: अर्जेन्टिना शतप्रतिशत नतिजासहित समूह विजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो अन्तिम खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना समूह विजेता बनेको छ।

Advertisement

डलास रंगशालामा आइतबार बिहान भएको खेलमा जित निकाल्दै अर्जेन्टिनाले समूह चरणमा अपराजित रहँदै ९ अंकका साथ नकआउट चरणमा स्थान पक्का गर्‍यो।

यसअघि खेलिएका खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० र अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको थियो। यस समूहबाट समान ४ अंक जोडेका अल्जेरिया र अस्ट्रिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा पुग्न सफल भए भने जोर्डन अंकविहीन बन्यो।

मेसीको कीर्तिमानी गोल

खेलको ६० औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका कप्तान लियोनेल मेसीले ८० औं मिनेटमा फ्रिकिकमार्फत टोलीका लागि तेस्रो गोल योगदान दिए। जोर्डनका अमिर जामोसले डी बक्स बाहिर मेसीलाई लडाएपछि पाएको अवसरलाई उनले आकर्षक गोलमा परिणत गरेका हुन्।

यो गोलसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्‍याएका छन्। यसका साथै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १९ पुगेको छ।

खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३१ औं मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

खेलको ५५ औं मिनेटमा जोर्डनका मुसा अल-तमारीले १ गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले गोल थपेपछि जोर्डनको पुनरागमन गर्ने प्रयास विफल बन्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री