अल्जेरिया र अस्ट्रियाबीच रोमान्चक बराबरी, दुवै टोली अन्तिम ३२ मा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

Advertisement

इन्जुरी समयमा दुवै टोलीले १-१ गोल थपेपछि खेल निकै रोमाञ्चक मोडमा पुगेर टुंगिएको हो।

यस बराबरी नतिजासँगै समूह ‘जे’ बाट दुवै टोली नकआउट चरणमा प्रवेश गर्न सफल भए। समूह चरणमा समान १ जित, १ बराबरी र १ हार व्यहोर्दै ४ अंक जोडे पनि गोल अन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहे।

अल्जेरियाले प्रतियोगिताको उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम ३२ को यात्रा तय गरेको हो। यस समूहबाट सबै खेल जितेको अर्जेन्टिना विजेता बन्दा जोर्डन भने प्रतियोगिताबाट बाहिरियो।

खेलको उतारचढाव र इन्जुरी समयको ड्रामा

खेलको २८ औं मिनेटमा मार्को अर्नाटोभिचले गोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल फर्काउँदै खेललाई १-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल गरेर टोलीलाई २-१ को अग्रता दिलाए पनि ५ मिनेट नबित्दै अल्जेरियाका रियाद महरेजले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटसम्म २-२ को स्थितिमा रहेको खेलको इन्जुरी समय निकै नाटकीय बन्यो।

इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई जितको नजिक पुर्‍याएका थिए। तर, खेलको छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएपछि खेल ३-३ को रोमाञ्चक बराबरीमा सकियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री