
फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान छिरेका लियोनेल मेसीले उत्कृष्ट गोल गरेका छन्।
खेलको ६० औं मिनेटमा मैदान प्रवेश गरेका अर्जेन्टिनी कप्तानले ८० औं मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गरेका हुन्।
डी बक्स बाहिर जोर्डनका अमिर जामोसले मेसीलाई लडाएपछि अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मेसीले प्रहार गरेको लामो बलले सिधै जाली चुमेको हो।
यस खेलको गोलसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। उनले यसअघि खेलिएको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक र दोस्रो खेलमा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए।
मेसीको यसै गोलको मद्दतले जोर्डनविरुद्धको खेलमा अर्जेन्टिना ३-१ को स्थितिमा अगाडि रहेको छ।









प्रतिक्रिया