
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा बेल्जियमले न्युजिल्यान्डमाथि ५–१ को शानदार जित दर्ता गरेको छ।
क्यानडाको भ्यान्कुभरस्थित बीसी प्लेस रंगशालामा शनिबार भएको खेलमा बेल्जियमले फराकिलो जित निकालेको हो।
यो जितसँगै ५ अंक जोडेर बेल्जियम समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघिका दुवै खेल बराबरी खेलेको बेल्जियमले यो पहिलो जित दर्ता गरेको हो।
बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोलको योगदान दिए। खेलभरि नै आक्रामक रूपमा प्रस्तुत भएको टोलीका लागि केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल थपे।
गोलअन्तरमा इजिप्ट दोस्रो स्थानमा
शनिबार नै भएको अर्को प्रतिस्पर्धामा इजिप्ट र इरानले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीपछि इजिप्टको पनि समान ५ अंक नै पुगेको छ।
समान अंक भए पनि गोलअन्तरका आधारमा बेल्जियम समूह विजेता बन्न सफल भयो। समूह चरणको खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेलेका थिए।









प्रतिक्रिया