
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले सहज जिततर्फ पाइला बढाएको छ। लिआन्द्रो ट्रोसार्डको उत्कृष्ट दुई गोलको मद्दतले बेल्जियम समूहको दोस्रो स्थानमा सुरक्षित बनेको हो।
शनिबार भएको प्रतिस्पर्धाको दोस्रो हाफको सुरुवातमै बेल्जियमले आक्रामक रणनीतिलाई निरन्तरता दियो। खेलको ४७ औं मिनेटमा केभिन डे ब्रुइनेले न्युजिल्यान्डको पेनाल्टी एरिया बाहिर पास प्राप्त गरेर प्रहार गरे पनि त्यो पोस्टको दिशा लिन नपाई बाहिरियो।
त्यसअघि खेलको ४६ औं मिनेटमा न्युजिल्यान्डका मार्को स्टामेनिकले पहिलो पहेँलो कार्ड ब्यहोरेका थिए। उनले बेल्जियमका युरी टिलेमान्सलाई लडाएपछि रेफ्रीले कार्ड देखाएका हुन्।
खेलमा पछि परेपछि न्युजिल्यान्डले दोस्रो हाफको सुरुवातमै दुई खेलाडी परिवर्तन गरेको थियो। टोलीले रायन थॉमसको स्थानमा बेन ओल्ड र सरप्रित सिंहको स्थानमा जेसी रेन्डाललाई मैदान पठाए पनि खेलमा फर्कन सकेन।
इजिप्ट र इरानको रोमाञ्चक बराबरी
शनिबार नै भएको अर्को प्रतिस्पर्धामा इजिप्ट र इरानले बराबरी खेल्दै अंक बाँडेका छन्। खेलमा इजिप्टले इरानविरुद्ध सुरुमै गोल गरेर अग्रता लिएको थियो।
खेलको चौथो मिनेटमै महमुद साबेरले गोल गर्दै इजिप्टलाई सुरुवाती सफलता दिलाए। सुरुमै गोल ब्यहोरेको इरानले खेलको १० औं मिनेटमा बराबरी गर्ने सुवर्ण अवसर पाएको थियो।
उसका स्टार स्ट्राइकर मेहदी तारेमी पेनाल्टीमा चुकेपछि इरानले तत्काल खेलमा फर्कने मौका गुमायो। त्यसको केही मिनेटमै अर्थात् खेलको १३ औं मिनेटमा रामिन रेजाईयानले गोल गर्दै इरानलाई खेलमा फर्काए।









प्रतिक्रिया