समूह विजेता बन्दै मेक्सिको अन्तिम ३२ मा, चेक गणतन्त्र ३–० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

Advertisement

मेक्सिको सिटी स्टेडियममा बिहीबार भएको यस जितसँगै मेक्सिकोले समूह चरणका सबै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले आक्रामक खेल प्रदर्शन गर्‍यो। खेलको ५४ औं मिनेटमा मातेओ चाभेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

त्यसको ७ मिनेटपछि नै जुलियन क्विनोनेसले मेक्सिकोका लागि दोस्रो गोल थपे। खेलको इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल गरेपछि मेक्सिकोले ३–० को सहज जित निश्चित गर्‍यो।

यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको मेक्सिको ९ अंकसहित समूह ‘ए’ को विजेता बनेको छ। मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० र दक्षिण कोरियालाई १–० ले पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री