भारतको साढे ९ करोड सहयोगमा कालीकोटमा बन्ने बिद्यालय भवनको शिल्यान्यास

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

Advertisement

भारत सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो।

उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सान्नीत्रिवेणी गाउँपालिकामार्फत यो भवन निर्माणको कार्य अगाडि बढाइनेछ। यो कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरे। यो नयाँ पूर्वाधारले गाउँपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न ठूलो मद्दत पुग्ने विश्वास उनीहरूले व्यक्त गरे।

Advertisement

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना दिए।

साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई उनले दोहोर्‍याए।

नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले ७ वटै प्रदेशका ७४ जिल्ला समेट्ने गरी करिब ६ सय वटा परियोजना सञ्चालन गरिसकेको छ। यसमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन्।

यसका अतिरिक्त भारत सरकारले कालीकोटमा ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बससहित कर्णाली प्रदेशका विभिन्न संस्थालाई ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री