
काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताए।
दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको छ।
घाइतेहरूको यकिन संख्या भने अझै सार्वजनिक भइसकेको छैन। घटनास्थलमा उद्धार टोलीले सक्रियतापूर्वक काम गरिरहेको छ।










प्रतिक्रिया