अमेरिका पठाइदिने भन्दै ३८ लाखभन्दा बढी ठगी, महिला पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पा घर भई चन्द्रागिरि बस्ने ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई समातेको हो ।

Advertisement

श्रेष्ठले बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलबको रोजगारी मिलाइदिने भन्दै रकम असुल गरेकी थिइन् । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले श्रेष्ठलाई टेकुबाट नियन्त्रणमा लिइएको बताए ।

श्रेष्ठले पीडितहरूबाट पटक–पटक गरी उक्त रकम उठाएको अनुसन्धानबाट खुलेको छ । रकम लिएपछि उनले पीडितलाई लामो समयसम्म झुक्याएर राखेकी थिइन् ।

Advertisement

पछिल्लो समय उनी विदेश नपठाई पीडितहरूको सम्पर्कबाट बाहिर पुगेकी थिइन् । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री