सानिमा जिआइसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. बीच आर्टिफिसियल इन्टेलिजेन्स (AI) मार्फत कृषि, पशुपुञ्छी तथा लघु बीमासम्बन्धी सम्झौता भएको छ ।

मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुँच नपुगेको क्षेत्र र वर्गका जनतालाई लक्षित गरी यो अभियान चलाइनेछ ।

Advertisement

विशेष गरी ती जिल्लाका नागरिकलाई उनीहरूकै स्थानीय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नका निमित्त यो साझेदारी गरिएको हो । यसले गर्दा ग्रामीण क्षेत्रका सर्वसाधारणले आफ्नै भाषामा सहजै बीमाको महत्त्व र फाइदाबारे बुझ्न पाउनेछन् ।

सम्झौता पत्रमा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा.डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री