गर्मीमा पसिना र दुर्गन्ध रोक्ने चक्कर : अन्डरआम्र्स ब्लक गर्दा हुने असर

गर्मी बढेसँगै पसिना र शरीरको दुर्गन्धबाट बच्नका लागि डियोडरन्ट र रोल–अन हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेका छन् । बजारमा पाइने धेरै उत्पादनहरूले २४ देखि ४८ घण्टासम्म पसिना रोक्ने दाबी गर्ने गर्छन् ।

धेरै मानिसहरूले सोचविचार नगरी अन्डरआम्र्समा यस्ता उत्पादन प्रयोग गर्ने गर्छन् । तर यसरी जबरजस्ती पसिना रोक्नु शरीरको प्राकृतिक कूलिङ सिस्टम र छालाको स्वास्थ्यसँग खेलवाड गर्नुजस्तै भएको डाक्टरहरू बताउँछन् ।

डियो र एन्टिपर्सपिरन्टबिचको फरक

Advertisement

सबैभन्दा पहिले डियोडरन्ट र एन्टिपर्सपिरन्टबीचको फरक बुझ्न आवश्यक छ । सामान्य डियोडरन्टले केवल पसिनाको दुर्गन्ध लुकाउने काम मात्र गर्छ ।

पसिना नै आउन नदिने रोल–अन वा स्प्रेहरूलाई भने एन्टिपर्सपिरन्ट भनिन्छ । यी उत्पादनहरूमा एल्युमिनियम कम्पाउन्ड र जिरकोनियमजस्ता रासायनिक तत्व प्रयोग गरिन्छ ।

अन्डरआम्र्समा लगाउँदा यी तत्त्वहरूले पसिना निकाल्ने ग्रन्थीको मुख बन्द गरिदिन्छन् । परिणामस्वरूप पसिना बाहिर निस्कन पाउँदैन र छाला सुख्खा देखिन्छ ।

अन्डरआम्र्स ब्लक गर्दा हुने असर

पसिना बाहिर निस्कन नपाउँदा ग्रन्थिभित्रै जम्न थाल्छ र अन्डरआम्र्समा दुख्ने गाँठा वा पिप जमेका फोका बन्न सक्छ । रोल–अन र डियोमा रहेका एल्युमिनियम, अल्कोहल र कृत्रिम सुगन्धले छालामा लगातार रासायनिक जलन पैदा गरी अन्डरआम्र्स कालो बनाउँछ ।

Advertisement

प्याराबेन्स र प्रोपिलिन ग्लाइकोलजस्ता प्रिजर्भेटिभहरूले संवेदनशील छालामा रातो दाग, चिलाउने र एलर्जीको समस्या उत्पन्न गराउँछन् । पसिना शरीरको तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रक्रिया भएकाले पोर्स पूर्ण रूपमा बन्द हुँदा छालाको स्वाभाविक सास फेर्ने क्षमता प्रभावित हुन्छ ।

बच्ने उपाय र प्राकृतिक विकल्प

गर्मीमा सरसफाइसँगै स्वास्थ्यको ख्याल राख्नका लागि एल्युमिनियम र प्याराबेन–रहित डियो वा रोल–अनको प्रयोग गर्नुपर्छ । रासायनिक उत्पादनको सट्टा प्राकृतिक एन्टिब्याक्टेरियल एजेन्ट मानिने फिटकरी प्रयोग गर्नु उत्तम विकल्प हो ।

नुहाएपछि भिजेको अन्डरआम्र्समा हल्का फिटकरी दल्दा छालालाई नोक्सान नपुगी दुर्गन्ध कम हुन्छ । त्यस्तै पानीमा टि–ट्री आयलको केही थोपा मिसाएर प्रयोग गर्दा पनि ब्याक्टेरिया नष्ट भई दुर्गन्ध हट्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री