एनएफआरएस १७ कार्यान्वयनका लागि सिटिजन लाइफले रोज्यो बहुराष्ट्रिय परामर्शदाता केपिएमजी

नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ (बीमा सम्झौता) कार्यान्वयनलाई प्रभावकारी बनाउन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महत्वपूर्ण रणनीतिक पहल गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृति पश्चात् विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपिएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको छ।

केपिएमजी विश्वका प्रमुख ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो, जसले एस्योरेन्स, कन्सल्टिङ, ट्याक्स तथा रिस्क एडभाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ। विशेषगरी आइएफआरएस १७ र एनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा केपिएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्वपूर्ण मानिन्छ।

आन्तरिक क्षमता अभिवृद्धि र ज्ञान हस्तान्तरणको अवसर

Advertisement

यस नियुक्तिसँगै सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नेछ। यसका साथै ज्ञान हस्तान्तरणमार्फत कम्पनीले आफ्नो आन्तरिक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर समेत प्राप्त गर्ने बताएको छ।

दक्षिण एसिया क्षेत्र, विशेषगरी भारतमा केपिएमजीको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास स्थापित भएको छ। यसले गर्दा सिटिजन लाइफको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित गर्न ठूलो मद्दत पुग्ने देखिन्छ।

साढे तीन वर्षको सम्झौता र दीर्घकालीन लक्ष्य

सिटिजन लाइफ र केपिएमजीबीच भएको यो सम्झौताको अवधि साढे तीन वर्ष रहनेछ। यस अवधिअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट सेवा समेत समावेश गरिएको छ।

यस दीर्घकालीन सहकार्यले प्रणालीको स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने विश्वास कम्पनीले लिएको छ। यो पहलले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप अझ सुदृढ, पारदर्शी तथा विश्वसनीय बीमा संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री