स्वास्थ्य क्षेत्रका ८ निकायमा तोकिए निमित्त प्रमुख (नामसहित)

सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त प्रमुखहरूको जिम्मेवारी तोकेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण रिक्त रहेका यी निकायहरूमा दैनिक कार्यसम्पादन नरोक्न मन्त्रालयले अल्पकालीन व्यवस्था गरेको हो।

स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका अनुसार बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा अवरोध नआओस् भन्नका लागि मात्र ‘निमित्त’ जिम्मेवारी दिइएको हो। पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि निम्न पदाधिकारीहरूलाई जिम्मेवारी दिइएको छ:

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: प्रा.डा. समिता पन्त
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: डा. नरेन्द्र विक्रम गुरुङ
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: सह-प्रा.डा. विनम्र विष्ट
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान): सह-प्रा.डा. इन्द्र लिम्बू
  • राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान: सह-प्रा.डा. सुरेश रसाइली
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल: डा. उमेश नेपाल
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र: सह-प्रा.डा. रविन्द्रभक्त तिमला
  • स्वास्थ्य बिमा बोर्ड: शकुन्तला प्रजापति
Advertisement

मन्त्री मेहताको सचिवालयले स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। अब छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी ‘मेरिट’ (योग्यता) का आधारमा मात्रै पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको मन्त्रालयले जनाएको छ। योग्य र सक्षम व्यक्तिलाई मात्र नेतृत्वमा ल्याउने सरकारको नीति अनुसार नै यो प्रक्रिया अघि बढाइएको सचिवालयको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री