एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर : डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

एनआइसी एसिया बैंकले नयाँ बर्षका लागि डिजिटल भुक्तानीमा छुट योजना ल्याएको छ ।

Advertisement

बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना
ल्याएको हो ।

योजनाअन्तर्गत दराजबाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तो डिलबाट २०७८ चैत २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले छुट पाउने छन्।

त्यसैगरी सीजी/एलजी डिजिटलबाट २०७८ चैत ३० का दिन २० हजार रुपैयाँभन्दा बढीको सामग्री खरिद गरी एनआइसी एसिया बैंकका ग्राहकले पीओएस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा २०७९ रुपैयाँ नगद फिर्ता पाउने छन्।

देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको विज्ञप्तिमा जनाएको छ।

Advertisement

एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आइसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआइसी एसिया मोबैंकमार्फत २०७८ चैत ३० का दिन क्युआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा १०० रुपैयाँ नगद फिर्ता गर्ने योजना ल्याएको छ।

एक जना ग्राहकले अधिकतम ३ वटासम्म कारोबार गर्दा नगद फिर्ताको लाभ प्राप्त गर्ने छन्। त्यही दिन क्युआर भुक्तानी गर्ने र क्युआर भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहक र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र त्यस क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर पनि प्रदान गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री