मेगा बैंकको सीइओबाट खुँञ्जेलीले किन दिईन् राजीनामा ?


मेगा बैंकको प्रमुख कार्यकारीअधिकृत पदबाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छन् ।

कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा खुँञ्जेलीले राजीनामा दिएकी हुन् ।

Advertisement

२०७४ चैत ३० मा उनी प्रमुख कार्यकारी भएकी थिइन्। आउँदो २९ गते उनको कार्यकाल सकिँदै थियो। त्यसअघि नै उनले राजीनामा गरेकी हुन्।

उनी निजी क्षेत्रको बाणिज्य बैंकको पहिलो महिना प्रमुख कार्यकारी पनि हुन्। उनले तत्कालिन ग्रिण्डलेज हुँदै स्ट्यान्डर्ड चार्टर्ड, नबिलमा पनि काम गरेकी थिइन्।

अर्को कार्यकाल उनलाई सञ्चालक समितिले जिम्मेवारी दिन्छ भन्ने विश्वास थियो। तर सञ्चालक समितिले नवीकरण नगर्ने संकेत गरेपछि उनले राजीनामा दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री