
प्राइम कमर्सियल बैंकले १० प्रतिशत ब्याज दरको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ बिक्री खुला गरेको छ।
बैंकले आज चैत १६ गतेबाट ऋणपत्र बिक्री खुला गरेको हो। ऋणपत्रमा छिटोमा २१ गते र पर्याप्त आवेदन नपरेमा ३० गतेसम्म आवेदन दिन सकिने छ।अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ। साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।
बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ। यसमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गर्ने छ।
बाँकी १ अर्बको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ। बाँकी ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन्।








प्रतिक्रिया