शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय बीमा संस्थानका शाखा प्रवन्धकहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

समयपोष्ट २०७६ चैत २ गते १५:३३

Advertisement

राष्ट्रिय बीमा संस्थानले शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी आयोजना गरेको छ ।

शनिबार काठमाण्डौमा आयोजित गोष्ठीमा संस्थानका नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलव्धी र भावी रणनीतिबारे प्रकाश पार्नु भएको थियो भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीमा समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भए सम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिनु भएको थियो । सञ्चालक समितिका अध्यक्ष गंगा राम कँडेलले उद्घाटन गर्नुभएको उक्त गोष्ठीको सञ्चालन संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री