यी कान्छा सिइओ जसले बनाए एनआइसी एशियालाई नम्वर १ बैंक


अनिता राई

बाणिज्य बैंकहरु मध्ये एनआईसी एशिया बैंक सर्वोकृष्ट बैंक बन्न सफल भएको छ ।

Advertisement

३८ वर्षमै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल रोशनकुमार न्यौपानेले कार्यकालको छोटो अवधिमै एनआईसी एशियालाई विभिन्न प्रमुख वित्तीय सूचकहरुमा नम्बर वान बैंक बनाउन सफल भएका हुन् ।

एनआईसी एशियालाई सर्वोत्कृष्ट बैंक बनाउने प्रमुख कार्यकारी अधिकृत न्यौपानेको रणनीति, योजनाको प्रभावकारी कार्यान्वयन, कर्मचारीहरुको मेहनतको प्रतिफल आज एनआईसी एशिया अधिकांश सूचकांकमा नेपालका २७ वाणिज्य बैँकहरुमध्ये अग्रस्थानमा पुग्न सफल भएको हो ।

सिइओ न्यौपानेले एनआईसी एशिया बैँकलाई सर्वोत्कृष्ट बनाउने जुन अठोट राखे, त्यसलाई पुरा गर्न उनले आफ्नो टिमलाई स्पष्ट भिजन र लक्ष्यसहित सही रुपमा परिचालन गरिरहे । सहकर्मीहरुमा निरन्तर हौसला, प्रेरणा र प्रोत्साहन गरिरहे । फलस्वरुप नतिजा आज हाम्रो अगाडी छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगट्दै आएको एनआईसी एशियाको चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् भने अधिकांश परिसूचक समग्र बैंकिङ क्षेत्रको औषत भन्दा एनआईसी एशिया बैंकको बढी देखिन्छन् ।

Advertisement

कुल कर्जा

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ । जुन समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा एनआईसी एशियाको ८४ प्रतिशत बढी हो ।

कुल निक्षेप

निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ । जुन समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा ९३ प्रतिशत बढी हो ।

प्रति शेयर आम्दानी

वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको छ । समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा १२५ प्रतिशत बढी हो ।

स्व–पुँजीमा प्रतिफल
बैंकको स्व–पुँजीमा प्रतिफल (RoE) २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । स्व–पुँजीमा प्रतिफल समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा एनआइसी एशिया बैंकको ९१ प्रतिशत बढी हो ।

ग्राहक संख्या

एनआइसी एशिया बैंकको ग्राहक संख्या ३० लाख रहेको छ । जुन समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा १३२ प्रतिशतले बढी हो ।

शाखा संख्या

शाखा संख्या अनुसार पनि एनआईसी एशिया बैंक समग्र बैंकिङ् क्षेत्रको औषत प्रति बैंक भन्दा १०७ प्रतिशतले बढी छ । समग्र बैंकिङ क्षेत्रको औषत शाखा संख्या १७३ रहेकोमा एनआईसी एशियाको ३५८ पुगेको छ ।

विस्तारित काउन्टर संख्या

एनआईसी एशिया बैंकको विस्तारित काउन्टर संख्या ७० छ । जुन समग्र बैंकिङ क्षेत्रको भन्दा एनआईसी एशियाको १६५० प्रतिशतले बढी छ ।

एटिएम संख्या

एनआईसी एशिया बैंकको एटिएम संख्या ४७३ छ । यो समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक भन्दा एनआईसी एशिया बैंकको २४५ प्रतिशतले बढी हो ।

डेबिट कार्ड प्रयोगकर्ता

एनआईसी एशिया बैंकको डेबिट कार्ड प्रयोगकर्ता १२ लाख ३५ हजार पुगेका छन् । जुन समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक भन्दा एनआईसी एशिया बैंकको २९७ प्रतिशतले बढी हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ता

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता ४ लाख ७९ हजार पुगेका छन् । जुन समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक भन्दा एनआईसी एशिया बैंकको २५० प्रतिशतले बढी हो ।

डिजिटल बैंकिंग
एनआईसी एशिया बैंक डिजिटल बैंकिंग तर्फ ग्राहक संख्या, टान्जेक्सन, टान्जेक्सन भोलुम लगायतका परिसूचकमा पनि नम्बर १ हुन सफल भएको छ ।

बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री