इमर्जिङ्ग नेपालले ५ लाख ५५ हजार कित्ता साधारण सेयर जारी गर्ने

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

Advertisement

कम्पनीले माघ २६ गतेदेखि साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

Advertisement

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री