
बैंक अफ काठमाण्डू लिमिटेडले २५ औँ बार्षिकोत्सवको अवसर पारेर ‘बि ओ के सहज बचत खाता’ सार्वजनिक गरेको छ । उक्त बचत खाता २५ रुपैयाँमा नै खोल्न सकिने बैंकले जनाएको छ।
उक्त बचत खातामा वार्षिक ६% ब्याजदर र त्रैमासिक ब्याज भुक्तानीको सुबिधा रहेको छ। पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको ब्यवस्था गरिएको बैंकले जनाएको छ।
हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।







प्रतिक्रिया