
सन्राइज बैंक लिमिटेडले नयाँ कर्जा योजना “सन्राइज सरल एस.एम.ई कर्जा” संचालनमा ल्याएको छ ।
शनिबारबाट सञ्चालनमा ल्याईएको उक्त योजना अन्र्तगत ग्राहकले आवश्यक कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकले कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यस व्यवस्था अन्र्तगत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले नि:शुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।









प्रतिक्रिया