दुई बैंकले वितरण गरे लाभांश
नेपाल इन्भेष्टमेन्ट बैंक र गण्डकी विकास बैंकले लाभांश वितरण गरेका छन् । इन्भेष्टमेण्ट बैंकको पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभावाट पारित २२ प्रतिशत नगद लाभांश पुस २६ गते सम्म डिम्याट खातासंगै अद्यावधिक गरिएको बैंक खातामा पठाएको जनाएको छ ।
डिम्याट खाता भएको तर बैंक खाता अद्यावधिक नभएको शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । अद्यावधिक गराएको बैंक खातामा क्रमश लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।
यस्तै हालसम्म डिम्याट खाता नभएका शेयरधनहरुलाई डिम्याट खाता खोलि आइपिएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवद्धता हुन आग्रह गरेको छ ।
गण्डकी विकास बेंकको पुस २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गरेको छ । बैंकले पुस १० गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई १४.२० प्रतिशत करसहित नगद लाभांश बैक खातामा जम्मा गरेको जनाएको छ ।
पुस १० गते पछि बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुलाई नगद लाभांस बैंक खातामा जम्मा गरिने बताएको छ ।
यस्तै हाल सम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई डिम्याट गराएर हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेको खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।
प्रतिक्रिया